शोभित बस्नेतको निर्देशनमा फिल्म ‘डाँडाको वरपिपल’को छायाँकन सुरु

शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपिपल’को छायाँकन सुरु भएको छ । सोमबारदेखि धादिङको धार्केबाट फिल्मको छायाँकन सुरु भएको निर्देशक बस्नेतले बताए ।बस्नेत निर्देशित यो ३१ औँ फिल्म हो ।

‘मंगलबार पनि पुरै दिन धार्केमै सुटिङ हुनेछ’ बस्नेतले भने, ‘बुधबारबाट हामी चित्लाङ लाग्नेछौ ।’ ६० दिनको छायांकन सेड्युल सहित फ्लोरमा निस्किएको फिल्मको चित्लाङ पछि काठमाडाैं उपत्यकामा छायाँकन हुनेछ ।

फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेल,सुशान्त कुमार श्रेष्ठ लगायतको मुख्य भुमिका रहनेछ ।करिब १६ वर्षपछि भुवन र शिव एउटै फिलममा देखिन लागेका हुन् भुवन र शिव पछिल्लो पटक वि.सं. २०६२ मा फिल्म ‘राजु राजा राम’मा देखिएका थिए ।

नवराज गिरी निर्माता रहेको फिल्मको लेखक रामकाजी घिमिरे हुन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया,एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Read Previous

सुपरस्टार अनमोल केसी सिनेमा ‘एक्स-नाइन’ (लेवल १)मा अनुबन्धित

Read Next

चलचित्र ‘डाँडाको वरपिपल’को गीतमा सलोन बस्नेत र रुबिना थापा फरक गेटअपमा