चलचित्र ‘डाँडाको वरपिपल’को गीतमा सलोन बस्नेत र रुबिना थापा फरक गेटअपमा

यतिबेला चित्लाङका विभिन्न स्थानमा चलचित्र ‘डाँडाको वरपिपल’ छायाँकन भईरहेको छ । तिन दिन देखि कोरियोग्राफार रामजी लामिछानेले चलचित्रमा समाबेश ‘झुसेली जुँगा ओठ माथि’ गीतमा चलचित्रको सम्पूर्ण कलाकारलाई नचाउने काम गरिरहेका छन् ।

‘झुसेली जुँगा ओठ माथि’ गीतमा कोरियोग्राफार रामजी लामिछानेले अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापालाई निकै फरक गेट अपमा प्रस्तुत गरेका छन् ।सलोनको उनले जुँगा समेत लगायतका छन् ।गीतमा चलचित्रका मुख्य कलाकारहरुको समेत नाच देख्न सकिने छ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अप्सरा थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपाने,निशु आइडू लगायतको अभिनय रहेको छ ।

शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘डाँडाको वरपिपल’ आगामी दसैंमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने बताइएको फिल्मको गत भदौ ७ बाट छायाँकन सुरु भएको थियो । ६० दिनको छायाँकन सेड्युल रहेको फिल्म काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भैरहेको यो चलचित्रमा नवराज गिरीको लगानी रहेको छ।निर्माता गिरिले यस चलचित्रको लगानी एक करोड पचास लाख माथिको रहने बताएका छन्। ‘डाँडाको वरपिपल’ को छायांकन लगायत अर्को चलचित्र निर्माण समेत गर्ने गिरीले जानकारी दिए । रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायाँकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Namaste Filmy

Read Previous

शोभित बस्नेतको निर्देशनमा फिल्म ‘डाँडाको वरपिपल’को छायाँकन सुरु

Read Next

चलचित्र ‘ग्रीन बर्ड’मा सुरक्षा पन्त