चलचित्र ‘ग्रीन बर्ड’मा सुरक्षा पन्त

चलचित्र ‘ग्रीन बर्ड’ निर्माण हुने भएको छ । योङ स्टार सिनेमा र निर्वाण फिल्म स्कुलले संयुक्त निर्माण गर्न लागेको चलचित्र ‘ग्रीन बर्ड’को अहिले कार्यशाला भइरहेको छ ।

१० सेप्टेम्बरदेखि छायांकनमा जान लागेको चलचित्र ‘ग्रीन बर्ड’मा अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहने छ ।फिल्ममा सुरक्षाको अलवा कमलमणि नेपाल, अफरान अलीको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको चितवनका बिभिन्न स्थानमा छायाँकन हुनेछ ।

परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध जीवन बिताउन खोज्ने एक युवतीको संघर्ष कथामा बन्न लागेको यस चलचित्रलाई प्रमोद कँडेलको निर्देशन गर्ने भएका छन् ।निर्देशक निगम श्रेष्ठले निर्माण गर्न लागेको ‘ग्रीन बर्ड’ लाई कार्तिके कर्नाटकले छायांकन गर्दैछन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘डाँडाको वरपिपल’को गीतमा सलोन बस्नेत र रुबिना थापा फरक गेटअपमा

Read Next

निर्देशक सुदर्शन थापाले जन्मदिनमा सुप्रिया कटुवालसँग गरे इन्गेजमेन्ट