निर्देशक सुदर्शन थापाले जन्मदिनमा सुप्रिया कटुवालसँग गरे इन्गेजमेन्ट

नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक सुदर्शन थापाले मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् ।सोमबार थापाले आफ्नोे जन्मदिनको अवसरमा जीवनको नयाँ यात्रा सुरु गरेका छन् ।

लभ स्टोरी चलचित्र निर्देशन गर्नमा माहिर निर्देशक सुदर्शन थापा र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । सुदर्शन र सुप्रियाले काठमाडौंको एक होटलमा नजिकका आफन्तको उपस्थितीमा इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रियाको बिहे भने असोजको २२ गते हुनेछ।

निर्देशक थापाले ‘मेरो एउटा साथी छ’देखि ‘मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका लभ स्टोरी चलचित्र निर्देशन गरेका हुन् ।

सुप्रिया केही बर्ष अगाडिसम्म म्यूजिक भिडियो अभिनयमा व्यस्त थिइन् । उनले दर्जनौ म्युजिक भिडियो र केही सिरियलमा पनि अभिनय गरेकी छिन् । सुप्रियाले ‘रातो टिका, नयनको बाटो, के यो माया हो, कर्मै खोटी, ब्यूटी नम्बर १, मरुभुमी, जब जब’ लगायतका गीतका भिडियोमा अभिनय गरेकी छिन् ।

Read Previous

चलचित्र ‘ग्रीन बर्ड’मा सुरक्षा पन्त

Read Next

गायिका बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’को भिडियो सार्वजनिक