अनमोल केसी र सुहाना थापाको ‘ए मेरो हजुर ४’ चैत्र २५ मा रिलिज हुने

झरना थापा निर्देशित सिनेमा ‘ए मेरो हजुर ४’ चैत्र २५ गते देखि प्रदर्शन हुने भएको छ । यो सिनेमा पहिला भदौ १८ गते प्रदर्शन हुने भनिएको थियो । कोरोना महामारीको कारण सिनेमाको रिलिज डेट सारिएको हो ।

निषेधाज्ञाभन्दा अगाडि सिनेमाको सम्पूर्ण छायांकन सकिसकेको छ । नयाँ बर्षलाई लक्षित गर्दै निर्माणपक्षले चैत्र २५ गते चलचित्र रिलिज गर्ने तयारी गरेको छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रको पोष्ट प्रोडक्शनको काम धमाधम चलिरहेको छ ।

सुनिलकुमार थापाको निर्माण रहेको सिनेमा ‘ए मेरो हजुर ४’ लाई सञ्जय लामाले खिचेको हुन् भने मित्र डि. गुरुङले सम्पादन गर्नेछन् ।

Namaste Filmy

Read Previous

प्रशान्त ,सुनील र सम्पदाको मुख्य भूमिकामा चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त

Read Next

अजय कुमार अधिकारीको ‘गल्ली यही हो’मा सन्तोष अधिकारी र कञ्चन भुजेल (भिडियो)