अजय कुमार अधिकारीको ‘गल्ली यही हो’मा सन्तोष अधिकारी र कञ्चन भुजेल (भिडियो)

प्रदर्शनको प्रतिक्षामा रहेको सिनेमा तीन जन्तुका निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत गल्ली यही होको म्युजिक भिडियो रिलिज गरिएको छ ।

अजय कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । सोमबार आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा निर्देशक अधिकारीलाई मोडल कञ्चन भुजेलले साथ दिएकी छन् । मोडल भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

अनमोल केसी र सुहाना थापाको ‘ए मेरो हजुर ४’ चैत्र २५ मा रिलिज हुने

Read Next

सलाेन ,रूबिना ,भुवन , शिव ,गाैरी अभिनित ‘डाँडाको वरपीपल’को गीत सार्वजनिक