सलोनको व्यस्तता बढ्यो यो साल सलोनलाई फिल्ममा भ्याइ नभ्याइ

रबि अधिकारी

करिब १५ वर्ष अघि नेपाली चलचित्र ‘नेपाली बाबु” मार्फत बालकलाकारको रुप नेपाली रजतपटमा छिरेका कलाकार सलोन बस्नेतलाई नचिन्ने सायद कोहि छैन् होलान ।नेपाली बाबु देखि चलचित्र हामी तिन भाई सम्म ४२ चलचित्रमा बालकलाकारको रुप अभिनय गरेर सबैको मन जित्न सफल सलोन बस्नेतले आफ्नो छ वर्षको बालकलाकारको अभिनयमा धेरै हिट फिल्म दिएका थिए ।

1509841_678184238912508_2405392339919942742_n

आफ्नो पहिलो चलचित्र ‘नेपाली बाबु” बाट नै दर्शकको मन छुन सफल सलोनले अभिनय गरेको पहिलो चलचित्र नै सुपर हिट भए पछि उनलाई आफ्नो चलचित्रमा बालकलाकारको रुपमा अभिनय गराउन प्राय सबै निर्देशक चाहन्थे । सलोनले बालकलाकारको रुपमा अभिनय गरेको चलचित्र नेपाली बाबु ,हामी तिन भाई ,कर्नाबिर ,त् त् सारै बिग्रिश बद्रि ,आशिर्बाद ,आर्मी लगायतका धेरै फिल्म सफल हुनुको साथै उनि बालकलाकार रुप अत्यधिक सफल हुनुको साथै दर्शकले मन पराएका थिए । उनले तेस बेला एक्कै समयमा सात वटा चलचित्र सम्म अभिनय गर्नु परेकोले दिनरात चलचित्रमा अभिनय गर्दा पनि उनलाई फुर्सदै हुन्थेन ।

1005185_543754555688811_469260034_n

जब एस एल सी पास भए पछि पढई डिस्टब हुने भन्दै सफल बालकलाकार सलोन बस्नेत केहि समयको लागि चलचित्र अभिनय बाट टाडा हुन पुगेका थिए । प्लस २को पढई हुदै बि.बि.एस . पढई सके लगतै यी नै बालकलाकार सलोन बस्नेतले सुपरहिट चलचित्र ‘होस्टेल’ मार्फत नायकको रुपमा फेरी रजतपटमा देखा परेका थिए । जसरि उनले बालकलाकारको रुपमा अभिनय गरेको पहिलो चलचित्र सुपर हिट भएको थियो तेसरी नै उनले नायकको रुपमा अभिनय गरेको पहिलो चलचित्र ‘होस्टेल’ पनि सुपर हिट हुन पुगो ।सलोनले अभिनय गरेको पहिलो चलचित्र नेपाली बाबु बाट बालकलाकारको रुपमा अवार्ड पाउन सफल उनले नायकको रुपमा अभिनय गरेको पहिलो चलचित्र होस्टेल बाट पनि अवार्ड पाउन सफल भएका छन् । उनले बालकलाकारको रुपमा अभिनय गर्दा जसरि फिल्ममा काम गर्ने समय नपुगेर दिनरात सुटिंग गर्न पर्ने अबस्था आएको छ फेरी अहिले नायकको रुपमा अभिनय गर्दा पनि उनलाई तेस्तै भएको छ ।अहिले सलोनको हातमा यति धेरै फिल्म छ कि उनले दिनरात अभिनय गर्दा पनि उनले खेल्ने भनेको फिल्म यो सालमा सुटिंग गरेर नसक्ने अवस्था आएको छ । अहिले सलोनको व्यस्तता यति बढेको छ कि उनले खेल्न सायन गरेका र मौखि सहमति भएका फिल्मलाई कसरि समय मिलाएर सुटिंग गर्ने भने उनलाई धौ धौ नै परेको छ ।जब सलोनको चलचित्र होस्टेल सफल भयो तब फेरी एकपटक सलोनलाई आफ्नी चलचित्रमा खेलौना निर्माता /निर्देशन उनको पछि लग्न थालेका छन् ।

1001871_541038835960383_482649729_n

उनले अभिनय गरेको सुशील पोखरेलले निर्माण तथा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र “लव सब “तिजको अबसरमा प्रदर्शनको लागि तयार भएको छ भने संचारकर्मी लक्ष्मण सुबेदीले निर्देशन गरेको चलचित्र ‘एउटा साथी’केहि दिन अघि मात्रै सुटिंग सकिएको छ ।समुन्द भट्टको निर्देशन रहेको चलचित्र “आधी पेज’को सुटिंगमा रहेका सलोनको समय अभाबको कारणले सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको चलचित्र “आभास ‘को जेठ ११ बाट सुटिंग सुरु गर्ने भनिए पनि रोकिएको छ । अब चलचित्र “आधी पेज’लाई सलोनले दिनरात सुटिंग सकेर अर्को हप्ता चलचित्र ‘आभास’को सुटिंगको लागि पोखरा जादैछन् ।चलचित्र ‘आभास’को सुटिंग सकिए लगतै सलोनले दयाराम दाहालको नया चलचित्रमा व्यस्त हुने छन् ।

10006482_636378329743657_661499894_n

तेस्तै सलोनको यो वर्ष सुटिंग हुने चलचित्रहरुमा भानु महर्जनले निर्माण गर्ने चलचित्र ,एन .बि.महर्जनले निर्देशन रहेने नया चलचित्र ,रमेश बुढाथोकीको निर्देशन रहने चलचित्र तेस्तै निर्देशक एभरेस्ट सुर्य बोहोराले अमेरिकामा नै छायांकन गर्ने लागेका नया चलचित्र हेल्लो जिन्दगिको सुटिंगको लागि अमेरिका समेत जादैछन् । साथै उनको हातमा अन्य थुप्रै चलचित्रमा समेत अभिनय गर्ने प्रस्ताब आईरहेकोले सलोनलाई यो वर्ष भने उनलाई आराम गर्ने समय समेत नमिल्ने देखिन्छ । जसरि बालकलाकारको रुपमा आफ्नो अभिनयको छाप छोड्न सफल भएका थिए तेसरी नै नायकको रुपमा पनि अजै बढी सफल हुन सकुन नमस्ते फिल्मको तर्फा बाट अग्रिम सुभकामना सलोन बस्नेतलाई ….

1797607_1442993719275614_3887813920190093559_n

Namaste Filmy

Read Previous

अलग्गिदै रणवीर र दिपिका ।

Read Next

निर्देशक शिव बिक माथी बलात्कार प्रयासको आरोप ।