शिव परियारको ‘जति बिर्स्यौ तिम्रो याद’ मा सरोज,पल,आकाश र प्रमिला(भिडियो)

लोकप्रिय गायक शिव परियारको पहिलो रेकर्डेड गीत ‘जति बिर्स्यौ तिम्रो याद’ को भिडियो सार्वजनिक गरिएको छ।यही गीत मार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम हुन सफल भएका थिए।गायक परियारद्वारा नै सङ्गीतवद्ध यो गजललाई गजलकार सुरेश वाग्लेले लेखेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ भने गीतको भिडियो निर्देशक निकेश खड्काले तयार पारेका हुन्।

‘जति बिर्स्यौ तिम्रो याद’ एउटा मिठो साङ्गीतिक कोशेली भएकाले सबैले रुचाइदिनुहुने कलाकारहरूको विस्वास छ। ‘नेपाली वेबसाइट’को ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा बुद्ध लामाको छायांकन देख्न सकिन्छ।

परियार आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक हुँदा निकै उत्साहित छन्। पुरानो गीतलाई रिमेक गरिएको उनले बताए।’पहिलो गीत रिमेक गरी सार्वजनिक गरिएको हो। र नयाँ गीतले नयाँ पुस्ताको मन छुनेमा विश्वास छ’ उनले भने।।गीतमार्फत २० वर्षअघि को यात्राको स्मरण गरिरहेको गायक शिव परियारले बताए।

Read Previous

शोभित बस्नेतको फिल्म ‘डाँडाको बर पीपल’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

गायिका अपेक्षा गिरीको मार्मिक गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियो सार्वजनिक