सञ्चारकर्मी कुमार आचार्यको निर्देशन यम बरालको ‘खुसीको गीत’को भिडियो सार्वजनिक

गायक यम बरालको स्वरमा रहेको गीत ‘खुसीको गीत’को भिडियो निर्माण गरिएको छ । वीरेन्द्रकुमार बलामीको शब्द, राजकुमार बगरको संगीत र मिक्सिङ तथा कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो बुडासुब्बा डिजिटल युट्युबमार्फत रिलिज भएको छ ।

सञ्चारकर्मी कुमार आचार्यको निर्देशन रहेको भिडियोमा रमेश क्षेत्री, रितिष्का क्षेत्री र अनामिका कार्किको अभिनय रहेको छ । भिडियोमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।

Namaste Filmy

Read Previous

गायिका अपेक्षा गिरीको मार्मिक गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियो सार्वजनिक

Read Next

गायिका बुनु श्रेष्ठ र दीपक महर्जनको गीत “२ बजे राति ” को भिडियो सार्वजनिक