गायिका बुनु श्रेष्ठ र दीपक महर्जनको गीत “२ बजे राति ” को भिडियो सार्वजनिक

गायिका बुनु श्रेष्ठ र दीपक महर्जनको स्वर रहेको गीत “२ बजे राति ” को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ।गीतलाई एरेन्ज मनोज राजभण्डारीले गरेका हुन् ।

सन्देश मुलक र सेण्टीमेन्टल आधुनिक गीतमा आफुलाई चिनाउन सफल गायिका बुनु श्रेष्ठले यसपालि केही फरकशैलीको गीत लिएर आएकी हुन् ।दर्शक तथा स्रोताको फरक गीत मन पराउने रुचिलाई ध्यानमा राख्दै यस्तो गीत लिएर आएको गायिका श्रेष्ठले बताउनु भयो।

मेरोन राज भण्डारीको निर्देशन रहेको “२ बजे राति ” गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ ।गीतमा साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीको ध्वनि मुद्रण तथा मिश्रण रहेको छ भने फुर्बा तामांगले रेकड़िंग गरेका हुन् ।भिडियोमा नबराज उप्रेतीको छायांकन र संगीत बानियाको सम्पादन रहेको छ । भिडियोमा राजिब समरको नुत्य निर्देशन रहेको छ।

Namaste Filmy

Read Previous

सञ्चारकर्मी कुमार आचार्यको निर्देशन यम बरालको ‘खुसीको गीत’को भिडियो सार्वजनिक

Read Next

पल शाह र पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघ १९ रिलिज हुने