पल शाह र पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघ १९ रिलिज हुने

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । कोरोना महामारी अगाडि नै यो चलचित्र रिलिजका लागि तयार भएको थियो । तर, वि.सं २०७६ साल फागुण ३० गते रिलिज हुनुपर्ने यो चलचित्र कोरोना महामारीको सबैभन्दा ठूलो चपेटामा पर्यो ।

चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड भएको करिब २० महिनापछि निर्देशक सुदर्शन थापाले नयाँ प्रदर्शन मिति घोषणा गरेका छन् ।यो चलचित्रलाई निर्माणपक्षले माघको १९ गते अर्थात फ्रेबुअरी २ तारिखबाट रिलिज गर्ने घोषणा गरेको छ ।

चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै यसका निर्देशक तथा निर्माता थापाले माघको १९ गतेबाट चलचित्र रिलिज हुने जानकारी दिए । उनले भने–‘दर्शकले चलचित्रको प्रतिक्षा गरिरहनुभएको छ । यसैले, यो प्रेम कथाको चलचित्रलाई हामीले प्रेम दिवसको छेको पारेर रिलिज गर्ने तयारी गरेका हौं ।’

सुदर्शन थापा र नायिका पूजा शर्माको निर्माणमा तयार भएको यो चलचित्रका सह–निर्माता जन्म जय सम्पाङ राई हुन् ।चलचित्रमा नायिका पूजा शर्मा, नायक पल शाहको साथमा कलाकारहरु हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ ।

चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी छ । शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको चलचित्रमा सुदर्शन थापाको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी र दुःखको काँडा’ बोलको गीत सुपरहिट भैसकेको छ । चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् ।

निषेधाज्ञापछि प्रदर्शक र वितरकले चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि ‘म यस्तो गीत गाउँछु २’लाई प्राथमिकतामा राखेका थिए । ‘म यस्तो गीत गाउँछु’लाई दर्शकले अत्याधिक मन पराएका थिए । यसैको सिरिजको रुपमा तयार भएको लभ स्टोरी चलचित्र निर्देशनमा सर्वाधिक अगाडि रहेका सुदर्शन थापाको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई नै नयाँ मोड दिने आशा गरिएको छ ।

 

Namaste Filmy

Read Previous

गायिका बुनु श्रेष्ठ र दीपक महर्जनको गीत “२ बजे राति ” को भिडियो सार्वजनिक

Read Next

अन्जु पन्तको स्वरमा ‘जितेर पनि हारमा छु’ को भिडियो सार्वजनिक