अदिती बुढाथोकी र धिरज मगरको चलचित्र ‘बाबरी’को छायांकन सिक्किममा हुदै

सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘बाबरी’को युनिट यति बेला सिक्किम पुगेको छ । यस अगाडि देशको बिभिन्न स्थानमा ४० प्रतिशत छायाँकन सकाएको यो युनिटले सिक्किममा फिल्म पुरा गर्नेछ ।

यो चलचित्रकी नायिका अदिती बुढाथोकीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै सिक्किममा चलचित्र छायांकन भइरहेको जानकारी दिएकी छन् । चलचित्रको ६० प्रतिशत दृश्यको छायांकन सिक्किममै हुनेछ ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको चलचित्र ‘बाबरी’ धिरज मगर, अदिती बुढाथोकी, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका छ ।

Namaste Filmy

Read Previous

अन्जु पन्तको स्वरमा ‘जितेर पनि हारमा छु’ को भिडियो सार्वजनिक

Read Next

पूजा ,आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट घोषणा