चलचित्र ‘ओभर डोज’को ट्रेलर सार्वजनिक,मंसिरमा १७ रिलिज हुने

मंसिर १७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ओभर डोज’को ट्रेलर सार्वजनिक भएको छ । आगामि १७ मंसिरमा सार्वजनिक चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको चलचित्रको ट्रेलर हलिउड शैलीमा निर्माण भएको छ ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा बनेको हो । चलचित्रलाई निर्देशक सुमन पौडेल हुन् । प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको चलचित्रजीवन कुमार केसीले निर्माण गरेका हुन् ।निर्माता जीवन कुमार केसीले चलचित्र युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण गरेको बताए ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको चलचित्रका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको चलचित्र जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाँहिर बितरण गर्न लागेको हो ।

Namaste Filmy

Read Previous

पूजा ,आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट घोषणा

Read Next

सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’को डोल्पाका दुर्गम गाउँमा सुटिंग