सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’को डोल्पाका दुर्गम गाउँमा सुटिंग

तिहार लगतै छायांकन सुरु गरिएको ‘बुलाकी’ फिल्मको ३५ प्रतिशत दृश्य खिचि सकिएको जानकारी प्राप्त भएको छ । डोल्पा जिल्लाको त्रिपुरा नगरपालिकाको सु गाउँ,लहरालगायतका स्थानमा छायांकन भइरहेको फिल्मका लागि तिहार अघि नै युनीट काठमाडौंबाट डोल्पा पुगेको थियो ।
छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट,प्रकाश कँडेल,सरस्वती खत्रीलगायतका कलाकार प्रमुख भूमिकामा छन् ।

इन्टरनेट तथा मोबाइल टावरको प्रचुर ब्यबस्था नभएको स्थानहरुमा छायांकन भइरहेकाले आफूहरु अर्कै दुनीयाँमा पुगेजस्तो महसुस भइरहेको अनुभव नवअभिनेता बिराजले सुनाएका छन् । ‘यहाँ न नेट छ, न मोबाइल टिप्छ,’ आफू सुगम स्थानमा आएको मौका छोपी फोन गरेको बताउँदै उनले भने,‘हामीहरु अर्कै दुनीयाँमा आएजस्तो महसुस भइरहेको छ ।’

अभिनेत्री सुरक्षाले केही दिनअघि भौगीलिक, सामाजीक तथा प्राकृतिक हिसावले बेग्लै स्थानमा त्यहाँका बासिन्दा जसरी बाँच्दाको अनुभूति फेसबुकमा पोस्ट गरेकी थिइन् । उनले धेरै कुरा लेख्न मन लागे तापनि नेट नहुदाँ असमर्थ भएको उल्लेख गरेकी थिइन् ।

कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायांकार शिब ढकाल हुन् । से–फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी,झलनाथ खत्री, उपासना वाइवा,सोनु सेढाइ,धनबहादुर राई,कमल गाउँले,अमीत परियारलगायतको पनि अभिनय छ । सौगता कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ का गीतमा गोबिन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । फिल्मको पूरा छायांकन सकिन अझै दुई साता जति लाग्ने बताइएको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘ओभर डोज’को ट्रेलर सार्वजनिक,मंसिरमा १७ रिलिज हुने

Read Next

‘चपली हाइट ३’ को ट्रेलरमा सस्पेन्स र थ्रीलर