‘चपली हाइट ३’ को ट्रेलरमा सस्पेन्स र थ्रीलर

शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ ।सस्पेन्स र थ्रीलर शैलीमा ट्रेलर तयार गरिएको छ । आगामी पुस २ गतेबाट प्रदर्शन आउने यस चलचित्रलाई अर्जुनकुमारको निर्माण गरेका हुन् ।

स्वस्तिमा खड्काले पहिलो पटक आफूले फरक जनराको चलचित्रमा काम गरेकाले नयाँ अनुभूति भएको बताइन् । दर्शकले फिल्म रुचाउने उनको भनाई रहेको थियो । कार्यक्रममा निर्माता अर्जुनकुमार,अभिनेत्री सुपुष्पा भट्ट, निर्देशक निकेश लगायतले चलचित्रको बिषयमा धारणा राखेका थिए ।

चलचित्र ‘चपली हाइट ३’ स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

आकाश बरालको कथा तथा सम्वाद रहेको चलचित्रमा डिपी खनालको शब्द, सुभाष भुषाल र अर्जुनकुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व छ । दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको चलचित्र क्राइम–थ्रिलर जनरामा निर्माण भएको हो । चलचित्रको निर्देशन निकेश खड्काले गरेका हुन् ।

Read Previous

सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’को डोल्पाका दुर्गम गाउँमा सुटिंग

Read Next

‘कति बस्छौ माइतीकै कौसीमा’ को नयाँ भर्सनमा दीपाश्री निरौला र ‘माग्ने बुढा’