धुर्मुस सुन्तलीको १४ औँ वैवाहिक वर्षगाँठमा जिग्री र अस्मिताको ‘मायाले जीवन सजाऊँ’ उपहार

कुमार कट्टेल जिग्रीको स्वरमा रहेको दोस्रो गीत सार्वजनिक भएको छ। ‘मायाले जीवन सजाऊँ’ बोलको गीतमा जिग्रीलाई अस्मिता अधिकारीले साथ दिएकी छिन्।अर्जुन पोखरेलको शब्द संगीतमा रहेको गीतको भिडियोमा सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अभिनय रहेको छ। यस अघि जिग्रीले गाएको मञ्जुरी बोलको गीत सार्वजनिक भइसकेको छ।

धुर्मुस सुन्तलीको १४ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर गीत सार्वजनिक गरिएको हो। दाजुभाउजुको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउन पनि आफ्नो स्वरमा रहेको गीत सुम्पिएको जिग्रीले बताए। रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा धुर्मुस सुन्तलीलाई वैवाहिक वर्षगाँठ मनाउन व्यस्त प्रेमिल दम्पतीको रुपमा प्रस्तुत गरिएको छ।

राजेन्द्र मोक्तानको रंग संयोजन तथा बन्दे प्रसादको सम्पादन रहेको गीतको भिडियो धुर्मुस सुन्तली युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

Namaste Filmy

Read Previous

नायिका पूजा शर्माले ‘रित्तो रित्तो’मा गायक रोशन अधिकारीसग रोमान्स गर्दै

Read Next

सौगात,बुद्दि र दियाको चलचित्र ‘मन्त्र’को पोस्टर सार्वजनिक,माघ २८ रिलिज हुने