रणवीर सिंह अभिनित ‘८३’ को ट्रेलरको सार्वजनिक (भिडियो)

भारतीय क्रिकेटर कपिल देवको विषयमा बनेको रणवीर सिंह र दीपिका पादुकोण अभिनित फिल्म ‘८३’ को ट्रेलर सार्वजनिक भएको छ । इमोशन र एक्सनले भरिएको ट्रेलरमा १९८३ मा वर्ल्ड कप जितको खुसी समेत समेटिएको छ ।

फिल्ममा कपिलको भूमिका रणवीरले निर्वाह गरेका छन् । क्रिकेट टिमको खेलमार्फत सुरु भएको ट्रेलरमा रणवीर सिंहलाई दुरुस्तै कपिल देव देख्न सकिन्छ । ट्रेलर अभिनेता रणवीरले मंगलबार इष्टग्राम मार्फत सार्वजनिक गरेका हुन् । ट्रेलरमा देखिएको रणवीरको अभिनयको प्रसंसा धेरैले गरेका छन् ।

३ मिनेट ४९ सेकेन्डको ट्रेलरमा रणवीरमार्फत कपिल देवको जीवन यात्रा देखाउन खोजिएको छ । फिल्ममा पंकज त्रिपाठीले तत्कालिन भारतीय क्रिकेट टीमका व्यवस्थापक पीआरमान सिंहको भूमिका निर्वाह गरेका छन् ।

हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालमलगायतका भाषामा रिलिज हुने फिल्ममा दीपिका पादुकोण कपिलदेवकी पत्नी रोमी भाटियाको भूमिकामा छिन् । फिल्ममा ताहिर राज भासिन, जीवा सलिम, जतिन सराना, चिराग पाटिलको पनि मुख्य भूमिका छ । फिल्मको रिलिज मिति २४ डिसेम्बर तोकिएको छ ।

Namaste Filmy

Read Previous

सौगात,बुद्दि र दियाको चलचित्र ‘मन्त्र’को पोस्टर सार्वजनिक,माघ २८ रिलिज हुने

Read Next

चैत्र ११ मा आउने भयो ‘हेल्लो जिन्दगी’,फस्र्टलुक सार्वजनीक