सात विधामा 'नेपाल क्रिटिक्स फिल्म अवार्ड' दिइने ।

[dropcap]ने[/dropcap]पाल चलचित्र समीक्षक समाजले नेपाल फिल्म क्रिटिक्स अवार्डको आयोजना गर्ने भएको छ । विभिन्न महत्वपुर्ण सात विधामा दिइने अवार्डमा २०७० सालभरि रिलिज भएका नेपाली फिल्महरुलाई प्रतिस्पर्धा गराइनेछ ।समाजका अध्यक्ष यज्ञशको अध्यक्षतामा सोमबार बसेको भेलाले उक्त निर्णय गरेको हो । अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन र उत्कृष्ट सम्पादन विधा लाई समेटिनेछ । अवार्डका लागि समाजका महासचिव दीपेन्द्र लामाको संयोजनमा पुनम महर्जन र विष्णु शर्मा सदस्य रहेको छनोट समितिले २०७० सालमा प्रदर्शन भएको फिल्मको ‘सर्ट लिस्टु तयार पार्नेछ।film 2070‘सर्ट लिस्टुमा परेका फिल्महरु समीक्षक समाजका सदस्यहरुले अवलोकन गर्नेछ र फिल्म हेरेका सदस्यहरुको मतदानका आधारमा विजेता नामावली छनोट गरिनेछ । उक्र विजेता नमावली समाजले आगामी असार १ का दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ।
सूची सार्वजनिक भएको केही दिनपछि एक समारोह आयोजना गरी विजेतालाई ट्रफी र प्रमाणपत्र हस्तान्तरण गर्ने समाजले जनाएको छ । समाजका सबै सदस्य जुरी रहने अवार्ड आयोजनाका लागि अनुप सुवेदीलाई जुरी संयोजक तोकिएको छ। मूल्यांकनका मापदण्डहरु सुवेदीले तयार पार्नेछन् । अगामी दिनमा हरेक वर्ष अवार्ड प्रदान गर्दै जाने समाजको योजना छ।

Namaste Filmy

Read Previous

निर्देशक शिव बिक माथी बलात्कार प्रयासको आरोप ।

Read Next

'एक कान दुई कान मैदान' हुदै अभिनयमा सजल जंग के सी ।