फेरी बन्दैछ बलिउड फिल्म 'खाकि'

amitabh-tusshar-kapoorबलिउडको सुरहिट फिल्म ‘खाकि’ को सिक्वेल निर्माण गरिने भएको छ । ‘खाकि’ का निर्माता केशु रामसेका छोरा आर्यमन रामसेले सिक्वेल फिल्म निर्माण गर्न लागेका हुन । फिल्मको निर्माणको लागी ‘खाकि’ निर्देशन गरेका अनुभवी निर्देशक राजकुमार संतोषीसंग सल्लाह भैरहेको बताइएको छ । आर्यमनले यसअघि सन २००६ मा फैमिली टाइज अफ ब्लड फिल्मबाट अभिनयमा डेब्यु गरेका थिए । आफ्नो पिताको सुपरहिट फिल्म भएकोले सिक्वेल बनाउन लागेको आर्यमनले बताए । फिल्ममा महानायक अमिताभ बच्चन र तुषार कपुरको अभिनय रहने लगभग निश्चित गरिएको छ भने निर्देशन पनि राजकुमार संतोषीले नै गर्न सक्नेछ । जसका लागी उनीहरुसंग कुरा भैरहेको आर्यमन ले जनाए । फिल्म अगामी बर्षसम्ममा छयांकनमा जाने बताइएको छ । यसअघि राजकुमार संतोषीको निर्देशन रहेको खाकिमा अमिताभ र तुषारसंगै अजय देवगण, एैश्वर्य राय, अक्षय कुमार लगायतको अभिनय रहेको थियो ।

Namaste Filmy

Read Previous

'आवारण'को गीतले भन्छ बोलीको के भर ? (भिडियो)

Read Next

स्व. रेग्मीको निर्देशन रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’को प्रोमो सार्बजनिक