


फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र‘म यस्तो गीत गाउँछु २’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘म यस्तो गीत गाउँछु २’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घरबाट बहुप्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आएको छ।चलचित्र‘म यस्तो गीत गाउँछु २’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्मा, दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल,गणेश गिरि लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन थापा र पूजा शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन्। जन्मजय साम्पाङ राई चलचित्रको सह–निर्माताको रुपमा छन्। निर्देशक थापाकै कथा रहेको चलचित्रको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले तयार पारेका हुन्। सौरभ लामाले खिचेको चलचित्र छायांकनको जिम्मेवारी बनिष शाह र मिलन श्रेष्ठले पाएका छन्। चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ।
