अपाङग पुनस्थपना केन्द्र भरतपुरको भबन निर्माण सहयोगार्थ चलचित्र 'द रियल आर्टिस्ट' को बिशेष प्रदशनी हुने

म्युजिक भिडियो निर्देशक जिबन शाहीले पहिलो पटक निर्देशन गर्नु भएको नेपाली चलचित्र  ‘द रियल आर्टिस्ट’ को बिशेष प्रदशनी हुने भएको छ ।अपाङग पुनस्थपना केन्द्र भरतपुरको सहयोगार्थ चलचित्रको प्रदशनी गर्न लागिएको हो  । यहि  ज्येष्ठ १५ गते नारायणघाटको इन्द्रदेव चलचित्र मन्दिरमा गर्न लागिएको सो प्रदशनी बाट उठेको रकमले  अपाङग पुनस्थपना केन्द्र भरतपुरको भबन निर्माणको लागि खर्च गरिने छ ।

10176175_783724551662153_7263585820993332138_n

रमेश थापाको निर्माणमा जीवन शाहीको लेखन निर्देशन रहेको फिल्म ‘द रियल अर्टिस्ट’  सन्देशमुलक सामाजिक कथामा निर्माण भएको हो । कलाकार बन्नको लागी भौतारिने युवाहरुको वास्तविक कथा बोकेको  चलचित्र ‘द रियल आर्टिस्ट’ प्रदर्शनको लागी तयार भएको छ ।युथ क्रियसन प्रालिको प्रस्तुतिमा बनेको फिल्ममा हरि न्यौपाने र ह्यारी महर्जनको छायांकन , टिका बम्जनको संगीत, श्रृजना बरालको नृत्य, हेरुका लामाको द्धन्द, सुर्य दोङ्ग /अमर सरोबरको गीत ,विरेन्द्र भाट विपिनको सम्पादन र प्रविन घिमिरेको निर्माण ब्यवस्थापन रहेको छ ।

 

अधिकांश नयां कलाकारहरुको अभिनय रहेको फिल्ममा निर्देशक शाहीको समेत अभिनय रहेको छ । शाहीको अलवा फिल्ममा अस्मिता बस्नेत, अफ्सना थापा, सुनिल गुरुङ, नरेश कुमार, राजु भट्ट, रमेश थापा, केदार बस्नेत, निर्मल बिष्टलगायतको मुख्य अभिनय छ । फिल्म अब छिट्टै प्रदर्शन गरिने चलचित्रका  निर्देशक जिबन शाही नमस्ते फिल्मीलाई बताउनु भयो  ।

Namaste Filmy

Read Previous

'एक कान दुई कान मैदान' हुदै अभिनयमा सजल जंग के सी ।

Read Next

मोदीको सपथ ग्रहण् समारोहमा दर्जनौ बलिउड सेलेब्रेटी ।