मोदीको सपथ ग्रहण् समारोहमा दर्जनौ बलिउड सेलेब्रेटी ।

 [dropcap]लो[/dropcap]कसभाको चुनावमा स्पष्ट बहुमत ल्याएर प्रधानमन्त्री चुनिएको भाजपाका नरेन्द्र मोदीको सोमबार सम्पन्न प्रधानमन्त्री शपथ ग्रहण समारोहमा थुप्रै बलिउड स्टारहरुले उपस्थिति जनाए । सलमान खान, धर्मेन्द्र, अनुपम खेर, हेमा मालिनी, शत्रुध्न सिन्हा, किरण खेर र लगायत अन्य फिल्मकर्मीहरु अतिथिको रुपमा समारोहमा पुगेका थिए ।  bolly-modi artist2यसरी प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा पुगेका बलिउड स्टारहरु नै कार्यक्रमको आकर्षणको केन्द्रविन्दु समेत बन्यो ।
समारोहमा बलिउड महानायक अमिताभ बच्चनलाई पनि बिशेष अतिथिको रुपमा निम्ता दिइएको थियो तर उनी समारोहमा पुगेनन। त्यस्तै अर्का अभिनेता रजनीकान्त तथा चर्चित गायिका लता मंगेशकर पनि निम्ता पाएर पनि समारोहमा पुगेनन । लता प्रतिकुल स्वास्थ्यमा कारण उपस्थित नभएको बताइन्छ । त्यस्तै अभिताभ पनि ब्यस्त सुटिङ सेड्युलको कारण उपस्थित हुन नसकेको जनाइन्छ ।
समारोहमा मोदीले थुपै देशका राष्ट्रप्रमुख, राष्ट्रिय नेताहरु, धार्मिक नेताहरु, उद्योगपतिहरु र फिल्म कलाकारहरु सहित थुप्रै चर्चित मानिसहरको अगाडि भारतको १५ औँ प्रधानमन्त्रीका लागि शपथ ग्रहण गरे ।
नेपालका तर्फबाट प्रधानमन्त्री शुशिल कोइराला मोदीको सपथ ग्रहण समारोहमा पुगेका थिए । त्यस्तै उद्योगपति बिनोद चौधरी पनि विशेष अतिथीको निम्तो स्वीकार्दै समारोहमा पुगेका थिए ।bolly-modi artist1

Namaste Filmy

Read Previous

अपाङग पुनस्थपना केन्द्र भरतपुरको भबन निर्माण सहयोगार्थ चलचित्र 'द रियल आर्टिस्ट' को बिशेष प्रदशनी हुने

Read Next

फरक शैलीको पब्लिसिटीमा 'मुखौटा' ।