गायक शिव परियारको ‘कुरा दामी हो’ गीतको भिडियो सार्वजनिक

लोकप्रिय गायक शिव परियारले आफ्नो सुपर हिट गीत ‘क्या दामी भो’को दोस्रो भागको भिडियो सार्वजनिक गरेका छन्। ‘कुरा दामी हो’ बोलको सार्वजनिक गीतमा शब्द राजेन्द्र थापाको रहेको छ ।दीपक थापाको सङ्गीत रहेको गीतको एरेन्ज साहस शाक्यले गरेका छन्।

‘कुरा दामी हो’ बोलको गीतको भिडियो मा अरुण क्षेत्री र प्रियना आचार्यको अभिनय रहेको छ।भिडियोलाई शान थापाले निर्देशन गरेका छन्।रोशन विश्वकर्माले कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीको छायाङ्कन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिव परियारको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।भिडियोलाई शिव परियारले आफैले निर्माण गरेका हुन् ।

Read Previous

स्वस्तिमा खड्का र अर्पण थापा अभिनित ‘चिसो मान्छे’को टिजर रिलिज

Read Next

फिल्म ‘हेल्लो जिन्दगी’ को ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक