फरक शैलीको पब्लिसिटीमा 'मुखौटा' ।

कृष्ण भुजेल, धरान ।
[dropcap][/dropcap]गामी जेठ ३० गतेबाट रिलिज हुने फिल्म ‘मुखौटा’ यतिबेला चर्चामा रहेको फिल्म हो । फिल्मको पब्लिसिटका लागि फिल्मका एक टोली आउदो १८ गते उपत्यका बाहिर चितवन ,झापा ,धरान लगायतको स्थानमा पुग्नेछ । मोफसलमा फिल्म टोली विभिन्न कलेज हरुमा पनि पुग्ने बताइन्छ । mukhauta 2यसअघि पनि राजधानीका विभिन्न कलेजहरुमा फिल्मको प्रचारप्रसार गरिएको थियो । त्यसो त फिल्म ‘मुखौटा’को यो पब्लिसिटीको तरिका बिल्कुलै फरक हो । यसरी फरक शैलीमा पब्लिसिटीमा जुटिरहेको फिल्मलाई दर्शकले कतिको रुचाउने हो थाहा पाउन जेठ ३० गते नै कुर्नुपर्नेछ । अर्पण थापा निर्देशित फिल्मले ग्याङस्टरको कथा बोकेको छ । रीफ इन्टरटेन्टमेन्टको ब्यानरमा रविन श्रेष्ठ ले निर्माण गरेको फिल्ममा राजेश हमाल, सुनिल थापा, रविन तामाङ, दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, प्रशान्त ताम्राकार, निशा अधिकारी र हर्षिका श्रेष्ठको अभिनय छ । यसअघि रिलिज भएको फिल्मको ओएसटी र ट्रेलरलाई धेरैले रुचाएका छन् ।

Namaste Filmy

Read Previous

मोदीको सपथ ग्रहण् समारोहमा दर्जनौ बलिउड सेलेब्रेटी ।

Read Next

जीवन र निरजको 'स्टुपिड मन' । फस्टलुक रिलिज ।