


फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र‘म ‘हेल्लो जिन्दगी’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘हेल्लो जिन्दगी’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घरबाट चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ।चलचित्र ‘हेल्लो जिन्दगी’ लाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् ।
चलचित्र ‘हेल्लो जिन्दगी’मा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाई विल्सन विक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त लगायतको अभिनय छ ।
निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा र निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा,सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । कोरियोग्राफी भारतीय फिल्मका चर्चित कोरियोग्राफर बिष्णु देवाले गरेका छन् ।
महंगो बजेटमा निर्माण भएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।
