अर्जुन पोखरेलको ‘नथिया’मा पूजा शर्मा र रोशन केसी (भिडियो)

चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्ज रहेको गीत ‘नथिया’ सार्वजनिक गरिएको छ । संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो ‘नथिया’ मार्फत निर्देशनमा डेब्यु गरेका छन् ।सार्वजनिक गीतमा दुर्गा खरेल र प्रविण वेडवालको स्वर छ ।

रोमान्टिक स्याड भर्सनको गीतको भिडियोमा पूजा शर्मा र रोशन केसी फिचर्ड छन् ।भिडियोमा पूजा र रोशन बीचको प्रेम, रोमान्स विछोड देख्न सकिन्छ । दुई कलाकारको जोडी जमेको छ । भिडियोमा पूजाले यौनकर्मी महिला र रोशनले आर्मीको भूमिका निर्वाह गरेका छन् ।

गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, राजेन्द्र मोक्तानको कलर करेक्सन, सुरेन्द्र बसेलको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।

Read Previous

फ्राइडे रिलिज : चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा

Read Next

चलचित्र ‘लक्का जवान’को कमेडी ट्रेलर रिलिज