जीवन र निरजको 'स्टुपिड मन' । फस्टलुक रिलिज ।

[dropcap]ना[/dropcap]यक निरज बरालको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘स्टुपिड मन’को फस्टलुक पोस्टर, ट्रेलर तथा अडियो गीतहरु सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म युनिटले फिल्मको फस्टलुक पोस्टर, ट्रेलर तथा अडियो गीतहरु सार्वजनिक गरेका हुन ।Stupid Man Nepali Movieफिल्मको सम्पुर्ण छयांकन थाइल्याण्डमा गरेका बताइन्छ । कार्यक्रममा आफ्नो भनाई राख्दै निर्देशक दिवाकर भट्टराईले विदेशी भुमिमा नै फिल्मको शतप्रतिशत छयांकन भएको र यसरी सम्पुर्ण छयांकन बिदेशमा गर्ने यो नै पहिलो नेपाली फिल्म भएको बताए । त्यस्तै फिल्मको मुख्य नायक जीवन लुइटेलले ‘स्टुपिड मन’ अन्य फिल्मभन्दा फरक कथा र प्रस्तुती रहेको बताए ।
शुभ फिल्मस प्रा ली को ब्यानरमा विवेक शाही निर्माता रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन । फिल्ममा जीवन लुईटेल, चाँदनी शर्मा, ऋतु श्रेष्ठ, मार्टिन खान सँगै प्रस्तुतकर्ता नायक निरज बरालको मुख्य भुमिका रहेको छ । माया प्रेमको कथालाई आकर्षक ढंगले समेटिएको फिल्मका संगीतहरुमा अर्जुन पोखरेलले भरेका हुन । त्यस्तै फिल्मका गीतहरु भने दयाराम पाण्डे, अर्जुन पोखरेल, दिवाकर भट्टराई र किरण राज कार्कीले लेखेका छन । फिल्मलाई दिर्घ खनालले सम्पादन गरेका हुन । फिल्मको रिलिज मिति आउदो भदौ २० गते तोकिएको छ ।

ट्रेलर हेर्नुहोस:

Namaste Filmy

Read Previous

फरक शैलीको पब्लिसिटीमा 'मुखौटा' ।

Read Next

सरकारको ठाडो आदेशमा चलचित्र '१२ नेपाली एक चिहान' प्रदर्शनमा रोक