कर्मा र भोला अभिनित चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक

वैशाख २३ गते रिलिजको तयारीमा रहेको चलचित्र‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ ।कर्मा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहेको साइकोलोजिक थ्रिलर जानरामा निर्माण भएको चलचित्रको टिजरले दर्शकमा कौतुहलता जगाउँछ ।

चलचित्रमा कर्मा र भोलाराज सापकोटासँगै लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बूलगायतको अभिनय छ ।चलचित्रमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा छन् ।

चलचित्रलाई मिलन डि काप्रीले निर्देशनगरेका हुन् । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले चलचित्रलाई सम्पादन गरेका हुन् ।

Read Previous

नीता ढुंगानाको चलचित्र ‘ह्रस्व-दीर्घ’ सलोन बस्नेत अनुबन्धित

Read Next

पल शाहविरुद्धको नवलपुरमा मुद्दाको थुनेछेक बहस सकियो, धरौटीमा छुट्ने सम्भावना न्यून