अभिनेता विपीन कार्की अभिनीत नयाँ गीत ‘घुमी घमी’ सार्वजनिक

२७ चैत्र, काठमाडौं । अभिनेता विपीन कार्की अभिनीत नयाँ गीत ‘घुमी घमी’ सार्वजनिक भएको छ । सुजन चापागाईंको स्वर रहेको गीतमा हर्क साउदको शब्द रचना छ । सुजन चापागाईंलाई फिमेल भोकलमा शान्तीश्री परियारले साथ दिएकी छिन् । संगीत गायक सुजन स्वयंमले भरेका छन् । गीत पूर्वेली लोकभाकामा आधारित छ ।

मायाप्रेम बोल्ने गीतको भिडियोले प्रेमसँगै खाली हुँदै गएको पहाडी बस्ती र त्यहाँको सम्भावनालाई देखाउन खोजेको छ । गीतको भिडियोमा विपीन कार्की र अन्जना बराइलीसँगै हर्क साउद तथा सम्राट थापालाई पनि देख्न सकिन्छ । भिडियो निर्देशन नवीन चौहानले गरेका छन् ।

Read Previous

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ मा र्‍यापर जी–बबको गीत

Read Next

सलमान खान नेपाल आउदा सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी