सरकारको ठाडो आदेशमा चलचित्र '१२ नेपाली एक चिहान' प्रदर्शनमा रोक

२०६१ भदौ १५ मा इराकमा आतंकवादीले अपहरण गरि हत्या गरिएको १२ नेपाली बिषयमा निर्माण गरिएको चलचित्र ‘१२ नेपाली एक चिहान’ प्रदर्शनमा सरकारले रोक लगाएको छ ।संचार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्र लेख्दै सेन्सरका लागि सिफारिस नगर्न ठाडो आदेश दिएको हो ।
1525576_10152565773806754_2370890535765827621_n
मन्त्रालयकी उपसचिव शैलजा रेग्मीले घटनाका पीडितको आग्रहअनुसार फिल्मको जाँच र प्रदर्शनलाई रोक लगाइएको बताउनु भयो ।अहिले पनि इराकमा आतंकवादीले अपहरण गरि हत्या गरिएको १२ नेपालीको बिषयमा अमेरिकाको एक अदालतमा क्षतिपूर्तिको मागसहित दायर गरिएको मुद्दाको सुनुवाइ विचाराधिन भैररहेको हुनाले चलचित्र रिलिज गर्दा उक्त मुद्दा प्रभावित हुनसक्ने भन्दै यसको छिनोफानो नभएसम्म रिलिज र सेन्सर रोक्न माग गर्दै पीडितले निवेदन दिएको आधारमा नै चलचित्र ‘१२ नेपाली एक चिहान’ प्रदर्शनमा सरकारले रोक लगाएको हो ।
1979726_626460377402649_3037993978997031119_nमन्त्रालयले सिनेमा नहेरिकनै यसका भिडियो र फुटेजलाई इन्टरनेटबाट हटाउन समेत निर्देशन दिएको छ ।चलचित्र ‘१२ नेपाली एक चिहान’ राजन खतिवडा, जतिन ताम्राकार, रविन्द्र झा, विक्रम सिंह, उत्तम जंग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ति आदि कलाकारको अभिनय रहेको छ भने चलचित्र यस अघि नै हङकङमा प्रिमियर भैसकेको छ ।अरुण कुमार प्रधानको निर्माण /निर्देशन रहेको चलचित्र चलचित्र ‘१२ नेपाली एक चिहान’ प्रदर्शनमा सरकारले रोक लगाएको बिषयमा चलचित्र युनिटले आज प्रेसमिटको आयोजना गर्दैछ ।

Namaste Filmy

Read Previous

जीवन र निरजको 'स्टुपिड मन' । फस्टलुक रिलिज ।

Read Next

सार्कमै उत्कृष्ट हिरोइन बनिन् गरिमा । 'साँघुरो'लाई दुइ अवार्ड ।