रणवीर कपुर र आलिया भट्ट विवाह बन्धनमा बाँधिए

बैशाख १,काठमाडौं ।एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले विवाह गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले बिहीबार विवाह गरेका हुन् ।

बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह बन्धनमा बाँधिएका छन् । बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह समारोह सम्पन्न भएको हो ।

हिन्दु रीतिरिवाज अनुसार उनीहरुको विवाह समारोहको आयोजना भएको थियो । उनीहरुलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना सामाजिक संजाल मार्फत प्राप्त भइरहेको छ । विवाह समारोहमा रणवीरको बुबा ऋषि कपुरको ठुलो तस्बिर समेत राखिएको थियो ।

उनीहरूको विवाह वास्तुस्थि पाली हिलमा रहेको रनवीरको घरमा भएको हो । विवाह समारोहमा निर्देशक आयान मुखर्जी, अमिताभ बच्चनकी नातिनी नब्या नवेली, करीना कपुर खान, सैफ अलि खान, करिस्मा कपुर, महेश मट्ट, पूजा भट्ट, आकांशा रन्जन कपुर, लगायत थुप्रै सेलिब्रेटीको उपस्थिती रहेको थियो ।

Read Previous

अनमोल केसीलाई राष्ट्रपतिबाट‘जनसेवाश्री पञ्चम पदक’ ,‘ए मेरो हजुर ४’ को टिकट नपाएर दर्शक फर्किए

Read Next

‘गणपति’को फर्स्टलुक पोस्टर रिलीज