लोकगायक विष्णु खत्रीलाई गलकोटबाट माओवादीको मेयर उम्मेदवारमा सिफारिस

वैशाख ७ , बागलुङ । चर्चित लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस गरिएको छ ।
नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले खत्रीलाई मेयरको उम्मेदवारमा सिफारिस गरेको हो ।

लोकगायक विष्णु खत्रीलाई नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत हुन् । खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।

हिजो मात्रै गायक खत्रीको स्वर रहेको नया गीत मेयरमा भोट रेनु दाहाललाई बोलको भरतपुरकी चर्चित मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ ।भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरेका छन् । नृत्य निर्देशक रविन शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका छन् ।सन्तोष देउजाको शब्द रहेको यस गीतमा विष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । गीतमा प्रदिप त्रिपाठीले संगीत भरेका छन् ।

https://www.facebook.com/kapurpot/videos/1027383134851746

Read Previous

पल शाह प्रकरण- नवलपुरमा पनि पीडित नाबालिगले बयान फेरिन्

Read Next

नायिका केकी अधिकारीले गरिन सुटुक्क बिहे