शाेभित बस्नेतकाे फिल्म “हाम्रो स्वर्ग “को छायांकन सुरु

वैशाख ९ ,काठमाडौं – निर्देशक शाेभित बस्नेतकाे निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्गको ‘जुम्ला जिल्लाको पटमारा बाट छायांकन शुरु गरेको छ । फिल्ममा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बाहादुर रोकाया ललित जङ्ग महत,लगाएत कलाकारको मुख्य भूमिका रहेको छ।

फिल्ममा, ज्ञान कुमार कटेल छायाकन।गौतमराज खड्काको, सम्पादन रहने छ निर्देशक बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशबासीको भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएकाे छ । फिल्म कर्णाली प्रदेशका हुम्ला जुम्ला डोल्पा मुगु कालिकोट जाजरकोट लगायत १० वटै जिल्लामा छायांकन गरिनेछ ।

एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानकाे संगीत, रामकृष्ण बुड्थापाकाे कथा र रामजी राउतकाे मुख्य सहायक निर्देशक रहेको छ।

Read Previous

विवाहको तस्बिर सार्वजनिक गरिन नायिका केकी अधिकारीले