अमेरिकामा नायिका ऋचा घिमिरेले छोरा जन्माइन ।

[dropcap]हा[/dropcap]ल अमेरिकामा रहेका नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेलाई पुत्रलाभ भएको छ । यो घिमिरे दम्पतिको दोस्रो सन्तान हो । उनीहरुको पहिलो सन्तान लगभग दुई बर्षको भइसकेका छन । richa ghimere nepali heroinपहिलो सन्तान पनि छोरा नै जन्माएकि ऋचाले पुन छोरा नै जन्माएकि हुन । ऋचाले मंगलबार राती करिब १० बजेतिर अमेरिकाको बाल्टिमोरस्थित मेड स्टार फ्र्याङलिन मेडिकल सेन्टरमा बच्चालाई जन्म दिएकि हुन ।
ऋचा करिब १ बर्ष पहिले निर्देशक पति शंकर घिमिरेसंगै अमेरिका पुगेकी थिइन । आफ्नो होम प्रोडक्सनमा बनेको फिल्म तुलसी प्रदर्शनको लागी भन्दै विभिन्न देश पुगेका घिमिरे दम्पती अमेरिकामा लामो समय रोकिएका थिए । उनीहरु अमेरिकामै स्थायी बसोबासको प्रयासमा रहेको पनि चर्चा चलेको थियो । तर अब भने बच्चा केहि महिनाको हुने बितिकै उनीहरु नेपाल आउने बताइन्छ । ठुलो लगानीको फिल्म तुलसी प्रदर्शनको लागी उनी हरु नेपाल आउने भएका हुन ।
यसअघि पनि ऋचाको होम प्रोडक्सनमा फिल्म ब्रेक फेल निर्माण भएको थियो । उक्त फिल्मले राम्रो ब्यापार गर्न सकेको थिएन ।

Namaste Filmy

Read Previous

सार्कमै उत्कृष्ट हिरोइन बनिन् गरिमा । 'साँघुरो'लाई दुइ अवार्ड ।

Read Next

'हिम्मतवाली'को गीत रिलिज । रेखा भन्छिन: म कसैको डमी हैन। भिडियो।