निर शाहको चलचित्र ‘सेतो बाघ’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

निर शाहले निर्देशन गरेका जंग बहादुर राणा को अन्तिम ३० को कथा भनिएको चलचित्र ‘सेतो बाघ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । जंग बहादुर राणाको भूमिकामा देखिएका कलाकार बीएस राणालाई बिशेष फोकश गरेर सार्वजनिक गरिएको  अफिसियल ट्रेलरमा आवाज भनि राखिएको छैन ।

seto baag

चर्चित एवं ऐतिहासिक उपन्यास सेतो बाघ माथि निरमं गरिएको चलचित्र ‘सेतो बाघ’ मा अन्जना कट्टेल,रवि गिरी, श्याम राई, पवन मैनाली तथा राजाराम पौडेल लगायत थुप्रै  कला कारहरुको अभिनय रहेको छ ।

भिडियो हेर्नहोस :

महाशक्ति मालती मिडियाको ब्यानरमा यस फिल्मलाई मन्जेश्री राज्य लक्ष्मी राणा , पुरण राणा, रविन्द्र शमशेर राणा र डा. ख्याती राणाले निर्माण गरेका हुन् । ऐतिहासिक यस फिल्मलाई सञ्जय लामाले खिचेका हुन भने नीरा राणाले भेषभुषा र निर्जल श्रेष्ठले कला निर्देशक भएर जिम्मेवारी सम्हालेका छन् ।चलचित्र सेतो बाघ’ फिल्मको ५१ औँ दिनमा सुटिंग गरिएको थियो ।

Namaste Filmy

Read Previous

दिपिकाले मेटाइन रणवीर कपुर को निशाना ।

Read Next

महानायकको रिसेप्सन पार्टीमा प्रधानमन्त्री, नेता, कलाकार देखि उद्योगपतिसम्म । फोटो फिचर ।