महानायकको रिसेप्सन पार्टीमा प्रधानमन्त्री, नेता, कलाकार देखि उद्योगपतिसम्म । फोटो फिचर ।

[dropcap][/dropcap]त शनिबार विधिवत रुपमा विवाह गरेका महानायक राजेश हमालले विवाहको रिसेप्सन पार्टी दिएका छन । राजधानीको लाजिम्पाटस्थित होटल  शंकरमा हमालले एक बृहत पार्टी दिएका हुन । बुधबार साँझ सम्पन्न पार्टीमा विभिन्न राजनितिक दलका बरिष्ठ नेता, कुटनितिक निकायका प्रमुखहरु, उद्योगपतिहरु, बैङकरहरु तथा ब्यबसायीहरुको साथमा फिल्मकर्मी तथा सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।Rajesh hamal bihe partyफिल्म क्षेत्रभन्दा अन्य क्षेत्रका अतिथिहरुको बाक्लो उपस्थिति रहेको पार्टीमा प्रधानमन्त्री शुशील कोइरालाको समेत उपस्थिति थियो । त्यस्तै पुर्वप्रधानमन्त्री तथा ए माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता शेरवहादुर देउवा, नेकपा एमालेका नेता माधवकुमार नेपाल, कांग्रेस यूवा नेता गगन थापा, मालेका महासचिव सीपी मैनाली, राप्रपाका सुर्यबहादुर थापा, नेपाली कांग्रेसका भरतमोहन अधिकारी, सुजाता कोइराला, ए माओवादीका हिसिला यमी लगायत अन्य विभिन्न दलका नेताहरुको उपस्थिति थियो । Rajesh hamal bihe party6 Rajesh hamal bihe party5Rajesh hamal bihe party9त्यस्तै उद्योगपति बिनोद चौधरी, एस एस पी रमेश खरेल लगायतको पनि पार्टीमा उपस्थिति थियो । यता बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ,हरिवंश आचार्य, कलाकार रामचन्द्र अधिकारी, नायकहरु शिव श्रेष्ठ, भूवन केसी, जीवन लुइटेल, सुमन सिंह पार्टीमा देखिए । यस्तै नायिका झरना थापा, अरुणिमा लम्साल, सुमिना घिमिरे, निर्माता सुनिलकुमार थापा, हस्यकलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल, जीतु नेपाल, निर्देशक दिनेश डिशी, गायक राजेशपायल राई, एड्रियन प्रधान, गायिका माण्डवी त्रिपाठी, लगायत पनि पार्टीमा उपस्थित थिए ।

अहिले हलमा लागिरहेको फिल्म हँसिया टोलीको पार्टीमा उपस्थिति थियो । त्यस्तै पार्टीमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय लगायत अन्य केहि सञ्चारकर्मीहरुको पनि उपस्थिति थियो ।
हमालले गत शनिबार होटल अन्नपुर्णमा हिन्दु परम्पराअनुसार श्रीमति मधु भट्टराई सँग लगनगाँठो कसेका थिए । उनले आइतबार नै मधुलाई नवलपरासी स्थिति पुख्र्यौली घरमा भित्र्याएका थिए ।
Rajesh hamal party4 Rajesh hamal party3 Rajesh hamal party2 Rajesh hamal bihe party9 Rajesh hamal bihe party8 Rajesh hamal bihe party7 Rajesh hamal bihe party5 Rajesh hamal bihe party4 Rajesh hamal bihe party3 Rajesh hamal bihe party2 Rajesh hamal bihe party Rajesh hamal party6Photo by: Deep Bimali & Lemon’s Photography

Namaste Filmy

Read Previous

निर शाहको चलचित्र ‘सेतो बाघ’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

अन्ततः शुक्रबारबाट लाग्दैछ 'मिस नेपाल' ।