अन्ततः शुक्रबारबाट लाग्दैछ 'मिस नेपाल' ।

[dropcap][/dropcap]टक पटक रिलिज मिति सार्दै आइरहेको फिल्म ‘मिस नेपाल’ अन्तत जेठ शुक्रबारबाट रिलिज हुने भएको छ । फिल्मको यसअघि विभिन्न कारण पटक पटक रिलिज मिति सारिएको थियो । गत शुक्रबार नै रिलिज गरिने भनिएपनि फिल्मका बितरक करण श्रेष्ठले बजार राम्रो नदेखेपछि फिल्मको रिलिज एक साता पछि धकेलिएको हो । miss nepal‘फिल्मका निर्मात्री शुभेच्छा थापाले फिल्मको रिलिज मिति सार्न मानिरहनुभएको थिएन । तर सो समयमा रिलिज गर्न उपयुक्त नदेखेपछि एक साता पछि सारेका हौ ।’- श्रेष्ठको भनाई थियो । श्रेष्ठका अनुसार फिल्म शुक्रबार मोफसलमा मात्र लाग्नेछ । उपत्यकामा भने फिल्म अर्को शुक्रबार अर्थात जेठ २३ गतेबाट मात्र प्रदर्शन हुनेछ । अहिले नेपाली फिल्मको बजार बिग्रिएको र हल पाउन पनि समस्या हुने गरेकाले फिल्म अलनेपाल एकैचोटी लाग्न नसकेको हो । वितरक श्रेष्ठले फिल्मप्रति दर्शकको मोह बढाउनको लागी एउटा काइदाको उपाय निकालेका छन । सामाजिक सञ्जाल फेसबुकमा फिल्म ‘मिस नेपाल’को पोस्टरलाई आफ्नो प्रोफाइल तस्वीर बनाउने दर्शकलाई फिल्मको एउटा टिकट उपलब्ध गराइनेछ । टिकटको लागी सिधै श्रेष्ठलाई सम्पर्क गर्न सकिनेछ ।
फिल्मलाई सुरेन्द्र तुलाधरले निर्देशन गरेका हुन । शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मीत फिल्ममा शुभेच्छा थापा, सबिन श्रेष्ठ, कल्याण घिमिरे लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

महानायकको रिसेप्सन पार्टीमा प्रधानमन्त्री, नेता, कलाकार देखि उद्योगपतिसम्म । फोटो फिचर ।

Read Next

बरुणले उचालेपछि आलियाको भित्रि बस्त्र छर्लङग ।