ओफा मनोनितलाई प्रमाणपत्र । स्व. शिव रेग्मीलाई लाइफ टाइम अचिभमेन्ट ।

OFA[dropcap]फि[/dropcap]ल्मी समाचार सम्प्रेषण गर्दै आएको अनलाइन पत्रिका फिल्मीखबर डटकमले आयोजना गर्न लागेको ‘दोस्रो मिन्स्क अनलाइनखबर फिल्म अवार्ड २०७१’ का मनोनितहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच प्रमाणपत्र दिइएको हो ।अगामी जेठ २६ गते सम्पन्न हुने अवार्डमा गतवर्ष निधन भएका नेपाली फिल्म उद्योगका चर्चित निर्देशक स्व शिव रेग्मीलाई मरणोपरान्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ।  कार्यक्रममा अवार्डका निर्देशक सुरेशदर्पण पोखरेलले निर्देशक रेग्मीले नेपाली फिल्म उद्योगलाई यहाँसम्म ल्याईपु¥याउन गरेको योगदानको कदर गर्दै अवार्ड दिन लागिएको बताए ।
पोखरेलले जेठ २६ गते आयोजना हुने अवार्ड प्रदान कार्यक्रममा निर्देशक रेग्मीको अवार्ड उनकी श्रीमतिले लिने जानकारी दिए। कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, अभिनेत्री करिश्मा मानन्धरलगायतले उत्कृष्ठ ५ को मनोनयनमा परेका कलाकारलाई मनोनयनपत्र प्रदान गरेका थिए।Ofa Ofa1 Ofa2

Namaste Filmy

Read Previous

बरुणले उचालेपछि आलियाको भित्रि बस्त्र छर्लङग ।

Read Next

चलचित्र भिमदत्तको बिशेष प्रर्दशन