चलचित्र भिमदत्तको बिशेष प्रर्दशन

राजेन्द्र कार्की
बिहिवार राजधानीमा स्थित कुमारी सिनेमा हलमा ऐतिहासिक घटनामा आधारित चलचित्र भिमदत्तको विशेष प्रर्दशनी गरिएको छ । निर्माता नवल खड्काले चलचित्र दर्शकको रुपमा दशेका वरिष्ठ नेताहरुलाई आमन्त्रण गरिएको थियो । वरिष्ठ नेताहरु एमाओवादीका अध्यक्ष प्रचण्ड, नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य, नारायण काजी श्रेष्ठ, कृष्ण बहादुर महरा, अग्नि सापकोटा, राम कार्की लगायतका माओवादीका नेताहरुको समेत उपस्थिती रहेको थियो । लगभग पाँच समय दर्शक क्षमता रहेको हल खच्चाखच्च नेताहरुले भरिएको थियो ।
10379072_492368624226514_909714211_n
भने अन्य नेताहरु शेर बहादुर देउवा, सिपी मैनाली, राजेन्द्र महतो लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो । चलचित्र सो विशेष प्रर्दशनीको अवसरमा कलाकारहरु निशा अधिकारी, सुमिना घिमिरे, कमली वाइवा, कविता शर्मा लगायतका उपस्थिती रहेको थियो । औपचारिक रुपमा गरिएको प्रर्दशनीमा सभाअध्यक्ष चलचित्र निर्माता नवल खड्का रहेका थिए भने निर्देशक हिम ग्याप टाँसीले स्वागत मन्त्ब्य ब्यक्त गरेको थिए । सुदुर पश्चिम नेपालको डँडेलधुराका क्रान्तिकारी किसान नेता भिम दत्त पन्तको जीवनीमा आधारित घटनालाई बर्तमान राजनिति परिदृष्यसँग समायोजन गरिदै क्रान्तिकारीहरुको आन्दोलन जारीरहेको सन्देश दिन खोजिएको छ ।
10409791_492368650893178_2068068526_n
चलचित्र अवधि लगभग अढाइ घण्टा नेताहरु बाँधिएर बस्न सकेका थिए । चलचित्रको समाप्ति पछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै एमाओवादीका अध्यक्ष प्रचण्डले बितेका घटनालाई नयाँ प्रविधि र प्रयोगले चलचित्रलाई जीवन्तरुपमा प्रस्तुत गर्न सकेको बताए । साथै समग्रमा चलचित्र राम्रो रहेता पनि चलचित्रको समाप्ति सँगैको सन्देश देशको समसामयिक राजनितिमा बहसको विषय बन्न सक्ने पनि बताएका छन । मोहन बैद्यको प्रतिक्रिया थियो “ऐतिहासिक घटनामा आधारित चलचित्रको बिच बिचमा धेरै कुराहरु समेट सकेको छैन ।”खच्चाखच्च भरिएको हलमा धेरै दर्शकहरु उभ्भिएर समेत चलचित्र हेरिरहेको परिदृष्य पनि हेर्न लायक नै थियो ।
10379228_492368690893174_1520680786_n 10384970_492368664226510_1267082565_n 10423554_492368627559847_771604673_n

Namaste Filmy

Read Previous

ओफा मनोनितलाई प्रमाणपत्र । स्व. शिव रेग्मीलाई लाइफ टाइम अचिभमेन्ट ।

Read Next

फ्राइडे रिलिज । 'मिस नेपाल' र 'जोडी नं. १' लाई 'लुकी लुकी' हेर्न पाइने ।