फ्राइडे रिलिज । 'मिस नेपाल' र 'जोडी नं. १' लाई 'लुकी लुकी' हेर्न पाइने ।

[dropcap]यो [/dropcap]शुक्रबारबाट तीन नेपाली फिल्महरु रिलिज भएका छन । मिस नेपाल, जोडी नं. १ र लुकी लुकी यो साता रिलिज भएका नेपाली फिल्महरु हुन । यीनै फिल्महरुको बारेमा छोटो जानकारी:

मिस नेपाल10409834_646876368715270_853650473_nशुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित यस फिल्मलाई सुरेन्द्र तुलाधारले निर्देशन गरेका हुन । फिल्ममा शुभेच्छा थापा, सबिन श्रेष्ठ, क्षितिजा शाक्य, कल्याण घिमिरे लगायतको अभिनय रहेको छ । बर्षेनि आयोजना गरिने मिस नेपाल प्रतियोगिताको यथार्थतालाई चित्रण गरिएको भनिएको फिल्मलाई करण श्रेष्ठ क्रेजीले वितरण गरेका हुन । फिल्म मोफसलको ४० पर्दामा लागेको छ ।

जोडी नं १
केहि बर्ष अघि नै निर्माण सम्पन्न भएको फिल्म ‘जोडी नं १’ पनि यसै शुक्रबारबाट रिलिज भएको छ । फिल्ममा निखिल उप्रेती, दिलिप रायमाझी, निर शाह, झरना थापा, अरुणिमा लम्साल, अशोक शर्मा, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ । फिल्मलाई बिष्णु सुब्बाले निर्माण गरेका हुन ।

लुकी लुकी

गौतम मानन्धरको लेखन निर्देशन रहेको फिल्म ‘लुकि लुकि’ पनि शुक्रबारबाट रिलिज भएको छ । सुशिल रोकायाको निर्माण रहेको फिल्ममा बिजिना रोकाय, विनोद श्रेष्ठ, विश्वास घिमिरे, किरण थापा, सिमा केसी लगायतको अभिनय रहेको छ । राजेन्द्र श्रेष्ठको संगीत रहेको फिल्ममा गोविन्द प्रभातको नृत्य तथा जनक को द्धन्द रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र भिमदत्तको बिशेष प्रर्दशन

Read Next

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट छ जना कलाकारले पाए मानपदवी सम्मान