रानी गर्भवती ?

[dropcap]वि[/dropcap]वाहपछि खासै मिडियामा देखा नपरेकि बलिउड अभिनेत्री रानी मुखर्जी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेकि छिन । यशराज फिल्मसको फेशन ब्राण्ड दिभानीको लन्चिङ कार्यक्रममा रानी उपस्थित भएकी हुन । उनी रातो अनारकली सुटमा आएकि थिइन । rani-pam-mos-650_053014013701दुलहि बनेपछि देख्न नपाएका उनका शुभचिन्तकहरु उनी तिर आकर्षित भए । उनी उक्त इभेन्टमा आफनी सासु पामेला चोपडाको साथमा आएकी थिइन ।
कार्यक्रममा रानीले पछ्यौराले आफ्नो पेट ढाकेकी थिइन । यसकारण उनी गर्भवती रहेको हुनसक्ने भारतीय सञ्चारमाध्यले उल्लेख गरेको छ । यसअघि पनि रानी गर्भवती भएकै कारण हतारमा गोप्य रुपमै विवाह गरेको हल्ला पनि चलेको थियो । रानीले बलिउडकै मशहुर फिल्म निर्माता निर्देशक आदित्य चोपडासंग केहि महिना अघि गोप्य रुपमा विवाह गरेकी थिइन । यी जोडीले रानी गर्भवती रहेको बिषयमा भने कुनै अभिब्यक्ति दिएका छैनन । यी जोडीले आफ्नो विवाहको बारेमा पनि खासै सार्वजनिक अभिब्यक्ति दिएका छैनन ।

Namaste Filmy

Read Previous

गम्भीर रोगबाट पिडित हलिउड स्टार सेलेना गोमेज ।

Read Next

नेपाल संगीत निर्देशक संघको अध्यक्षमा लक्ष्मण शेष ।