नेपाल संगीत निर्देशक संघको अध्यक्षमा लक्ष्मण शेष ।

[dropcap]ने[/dropcap]पाल संगीत निर्देशक संघको दोस्रो बार्षिक साधारण सभाले लक्ष्मण शेषको नेतृत्वमा ११ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न भएको संघको साधारण सभाले नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको हो । Laxman shesसंघको उपाध्यक्षमा आलोक श्री र शान्ती राम राई पनि सर्वसम्मत भएका छन । त्यस्तै महेश खड्का महासचिब, चेतन सापकोटा सचिब र  हरि लम्साल कोषध्यक्षमा चयन भएका छन । सदस्यहरुमा भने  बसन्त सापकोटा, शशी रावल, पारस मुकारुङ, मिलन मोक्तान र सुनिल मास्के रहेका छन ।
सात बर्ष पहिले स्थापना भएको संघ नेपाली सांगेतिक क्षेत्रमा लागेका संगीतकार, गीतकार, गायक र गायिकाहरुको छाता संगठन हो । साधारण सभाको अवसरमा संघले संगीत क्षेत्रमा क्रियाशिल स्रष्टाहरुलाई समेत सम्मान गरेको थियो । जसमा बरिष्ठ संगीतकार सिके रसाईली, संगीतकार मिरा राणा, गायक तथा संगीतकार गणेश परियार र गीतकार जगत मर्दन सम्मानित भएका छन ।

Namaste Filmy

Read Previous

रानी गर्भवती ?

Read Next

निशाको मन किन छिनको छिनमै बेहाल हुन्छ ? भिडियो हेर्नुहोस ।