निशाको मन किन छिनको छिनमै बेहाल हुन्छ ? भिडियो हेर्नुहोस ।

यहि जेठ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मुखौटा’को नया गीत सार्वजनिक गरिएको छ । निशा अधिकारीको नृत्य र इन्दिरा जोशीको आवाजमा रहेको ‘बेहाल हुन्छ मन्’ बोलको आइटम नम्बरमा गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गीतलाई भुपेन्द खडकाले लेखेका हुन् ।mukhauta 2आईतबारबाट चलचित्रको प्रचार प्रसारको लागि एक हप्ताको देश दौडाहामा निस्किन लागेको चलचित्र युनिटले शनिबार नया गीत रिजिल गरिएको हो ।यसअघि रिलिज भएको फिल्मको ओएसटी र ट्रेलरलाई धेरैले रुचाएका छन् ।आईतबार बाट चलचित्रका कलाकारहरु सुनिल थापा, निशा अधिकारी, हर्षिका श्रेष्ठ र कोरियोग्राफर रेनाशा राई फिल्म को प्रमोशनको लागि हेटौडा, धरान, नारायणघाट, बुटवल र पोखरा तर्फ प्रस्थान गर्दै छन् ।प्रमोशनको लागि हरेक ठाउँको कलेज, स्कुल हरुमा फुटबल, जर्सि र स्कुल व्यागहरु बाँड्ने कार्यक्रम छ र हरेक ठाउँमा पत्रकार सम्मेलन समेत गरेर चलचित्रको बारेमा जानकारी गराउने भएको छ ।

भिडियो हेर्नुहोस:

 यसअघि पनि राजधानीका विभिन्न कलेजहरुमा फिल्मको प्रचारप्रसार गरिएको थियो । त्यसो त फिल्म ‘मुखौटा’को यो पब्लिसिटीको तरिका बिल्कुलै फरक हो । यसरी फरक शैलीमा पब्लिसिटीमा जुटिरहेको फिल्मलाई दर्शकले कतिको रुचाउने हो थाहा पाउन जेठ ३० गते नै कुर्नुपर्नेछ । अर्पण थापा निर्देशित फिल्मले ग्याङस्टरको कथा बोकेको छ । रीफ इन्टरटेन्टमेन्टको ब्यानरमा रविन श्रेष्ठ ले निर्माण गरेको फिल्ममा राजेश हमाल, सुनिल थापा, रविन तामाङ, दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, प्रशान्त ताम्राकार, निशा अधिकारी र हर्षिका श्रेष्ठको अभिनय छ ।

Namaste Filmy

Read Previous

नेपाल संगीत निर्देशक संघको अध्यक्षमा लक्ष्मण शेष ।

Read Next

नायिका श्रुति हसनको मायामा क्रिकेटर सुरेश रैना ।