नायिका श्रुति हसनको मायामा क्रिकेटर सुरेश रैना ।

[dropcap]भा[/dropcap]रतमा पछिल्लो समय बलिउड स्टार र क्रिकेट स्टारबीच को रोमान्सले बेलाबेलमा चर्चा पाउने गरेको छ । अनुष्का शर्मा र बिराट कोहली त्यसका गतिला उदाहारण हुन । तर पछिल्लो पटक अनुष्का र बिराटको सम्बन्धलाई नै ओझेलमा पार्ने गरी नयां सम्बन्धको बारेमा चर्चा चलेको छ । suresh_raina_n_shruti hasanआइपीएल म्याचबाट चम्किएका सुरेस रैना र कमल हसन पुत्री श्रुति हसनबीचको सम्बन्ध ले अहिले बलिउड तातेको छ । भारतीय मिडियाका अनुसार यी दुई अहिले प्रेम सम्बन्धमा छन । जनाइएअनुसार आइपीएल म्याचमा चेन्नई सुपरकिङसबाट राम्रो प्रदर्शन गरेका सुरेस रैनालाई श्रुति हसनले म्याच अवधिभर राम्रो साथ दिएकी थिइन । यसबाट पनि यी दुईको निकटताको बारेमा गाईगुई चल्नु स्वभाविक नै हो । तर यी दुई सेलेब्रेटीले भने आफुहरुको सम्बन्धको बारेमा मुख खोलेका छैनन । रैना र श्रुतिको पहिलो भेट २०१३ मा भएको बताइन्छ ।
श्रुति यसअघि रङ दे बसन्ती अभिनेता सिद्धार्थ संगको न्यानो सम्बन्धमा थिइन भने रैना पुर्वमन्त्री प्रफुल्ल पटेलकि छोरी पुर्णा पटेलसंगको रिलेसनमा थिए ।

Namaste Filmy

Read Previous

निशाको मन किन छिनको छिनमै बेहाल हुन्छ ? भिडियो हेर्नुहोस ।

Read Next

एकअर्कालाई सम्हाल्दै संयम र एन्जिला । भिडियो ।