एकअर्कालाई सम्हाल्दै संयम र एन्जिला । भिडियो ।

[dropcap]के[/dropcap]हि दिनअघि मात्र फस्टलुक पोस्टर सार्वजनिक गरिएको फिल्म ‘पुन्टे परेड’को एक गीत सार्वजनिक गरिएको छ । ‘डुब्दै गए म’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र संयम पुरी र एन्जिला दहाल फिचरिङ छन । गीतमा मेलिना राई र बादल लिम्बुको अवाज रहेको छ भने ताराप्रकाश लिम्बुको संगीत रहेको छ । त्यस्तै गीतको शब्द सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन । punte-pared nepali movieटिनएज लभस्टोरी फिल्म पुन्टे परेडलाई निर्देशक सुवास कोइरालाले निर्देशन गरेका हुन । हरि महत, अनिल अधिकारी र सुरज कोइरालाको संयुक्त निर्माणमा बनेको फिल्ममा संयम र एन्जिलाको अतिरिक्त निलु डोमा शेर्पा, राविन्द्र शेर्पा, राविन्द्र खडका, गीता अधिकारी स्वेता थापा लगायतको अभिनय रहेको छ । त्यस्तै नायिका प्रियंका कार्कीको पनि फिल्ममा बिशेष भुमिका रहेको छ । निलु डोमा शेर्पाको कथा रहेको फिल्मको पटकथा तथा संबाद शान बस्न्यातले लेखेका हुन । फिल्म आउदो साउन २ गतेबाट रिलिज हुनेछ ।

गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

नायिका श्रुति हसनको मायामा क्रिकेटर सुरेश रैना ।

Read Next

‘नाईँ नभन्नू ल २’ ले गौरवमय ५१ औँ दिन मनायो ।फुच्चे हिरो अनुभव रेग्मीलाई हेर्न बच्चाहरु उर्लिए (फोटो सहित )