‘नाईँ नभन्नू ल २’ ले गौरवमय ५१ औँ दिन मनायो ।फुच्चे हिरो अनुभव रेग्मीलाई हेर्न बच्चाहरु उर्लिए (फोटो सहित )

गत बर्ष अर्थात् २०७० सालको अन्त्य (चैत्र २८) देखि प्रर्दशनमा आएको फिल्म ‘नाईँ नभन्नू ल २’ ले शनिबार गौरवमय ५१ औँ दिन मनाउन सफल भएको छ ।n32निर्देशक विकाश आचार्य सहित मुख्य पात्र अनुभव रेग्मी, अभिनेता सोहित मानन्धरको साथका कलाकारहरू कविता रेग्मी, उत्तम केसी, वितरक विक्रम पराजुली, मुख्य सहायक निर्देशक मुस्कान ढकाल, सिविन दाहाल, मेकअप आर्टिष्ट श्याम बराल संगीतकर बसन्त सापकोटा सहित गौरवमय ५१ औँ दिन मनाउन दाङ पुगेका थिए । टोलीले तुलसीपुरमा रहेको बिष्णु चलचित्र मन्दिरमा दर्शकसँग ५१ औं दिनको सफलता बाडेको थियो ।n35

निर्देशक आचार्यका अनुसार प्रदर्शनको ५१ दिन सम्म आईपुग्दा फिल्मले नेपालबाट ५ करोड माथिको ग्रस कारोवार गर्न सफल भएको छ । लामो समयपछि यसरि सानदार नेपाली फिल्मले ५१ औं दिन मनाउना सफल भएको छ ।दाङ तुलसीपुर स्थित बिष्णु चलचित्र मन्दिरमा आयोजित ५१ दिने कार्यक्रममा सहभागी हुन आईपुगेका फुच्चे हिरो अनुभव रेग्मीलाई हेर्न स्थानिय बच्चाहरु उर्लिएको दृश्य अचम्म हुन पुग्यो ।तुलसीपुर आईपुगेअनुभवलाई स्थानिय स्तरका बालबालिकासंग फोटो खिचाएर नभ्याउने स्थिती सृजना भयो ।शनिबार तुलसीपुरमा रहेको बिष्णु चलचित्र मन्दिरमा ५१ औं दिन मनाउदै गर्दा फिल्म हलमा करिब १६ सय दर्शक मध्ये १५ सयको हाराहारीमा स्थानिय बालबालिका एवं युवा दर्शकले हल भरिभराउ थियो ।forचलचित्र “नाईँ न भन्नु ल’ ले जधानीका गोपी र गुण सहित मोफसलको दाङमा ५१ दिन मनाउना सफल भएको हो ।अष्ट्रेलियामा पनि सिड्नी र मेल्बोर्नको सफल प्रदर्शनी पछी यही जुन १मा होबार्ट, जुन ६ मा एडेलेड, जुन तेस्रो साता ब्रिस्बेन र गोल्डकोस्टमा प्रदर्शन हुँदैछ साथै कैर्न्स, क्यान्बेरा, पर्थ र डार्विनमा पनि चाडै प्रदर्शन हुँदैछ ।n33 n35 n36

Namaste Filmy

Read Previous

एकअर्कालाई सम्हाल्दै संयम र एन्जिला । भिडियो ।

Read Next

‘गंगनम स्टाइल’ले रच्यो इतिहास । युटुबमा सबैभन्दा धेरै हेरियो ।