‘गंगनम स्टाइल’ले रच्यो इतिहास । युटुबमा सबैभन्दा धेरै हेरियो ।

[dropcap][/dropcap]क्षिण कोरियाली पप स्टार पार्क जे सुङ साइ को भिडियो ‘गंगनम स्टाइल’ले यु–ट्युबमा नयाँ इतिहास रचेको छ । भिडियो ले इतिहासमै युटुबमा सबैभन्दा बढी हेरिएको भिडियोको रुपमा  किर्तिमान कायम गरेको हो । Gangnam Styleयो भिडियोले अहिलेसम्म यु–ट्युबमा दुई अर्ब भन्दा बढी पटक हेरिएको छ । ‘गंगनम स्टाइल’ले शुक्रबारको राति दुई अर्बको आँकडा पार गरेको हो । यस भिडियो विश्वमै यु–ट्युबमा दुई अर्ब पटक हेरिएको पहिलो भिडियो समेत बनेको छ ।
‘गंगनम इस्टाइल’पछि विश्वमै बढी हेरिएकोमा क्यानेडियन पप स्टार जस्टिन बीबरको भिडियो ‘बेबी’ रहेको छ । जुन एक अर्ब भन्दा बढी पटक हेरिएको छ । यस्तै, तेस्रो स्थानमा ‘क्यूट किड’को भिडियो ‘चार्ली बिट माइ फिंगर’ रहेको छ । जुन ७१ करोड १० लाख बढी पटक हेरिएको छ ।

Namaste Filmy

Read Previous

‘नाईँ नभन्नू ल २’ ले गौरवमय ५१ औँ दिन मनायो ।फुच्चे हिरो अनुभव रेग्मीलाई हेर्न बच्चाहरु उर्लिए (फोटो सहित )

Read Next

श्रीकृष्ण र स्वेताको बिहे पक्का । अनुप र दियाको मिति तय ।