श्रीकृष्ण र स्वेताको बिहे पक्का । अनुप र दियाको मिति तय ।

[dropcap][/dropcap]जकाल बिहेको सिजन छ । नेपाली सिने जगतका चलेका सेलेब्रटीहरुलाई पनि बिहेको सिजनले राम्रैसंग च्यापेको छ । केहि दिन अघि मात्र सिनेजगतका महानायक राजेश हमालले बिहे गरे । राजेशजस्तै उमेरले ५० टेकिसकेका मिथिला शर्माले पनि बिहे गर्ने घोषण गरिसकेकी छिन । त्यस्तै चलेको दुई कलाकार अनुप बराल र दिया मास्के ले पनि बिहे गर्दैछन । यसरी धमाधम सेलेब्रटीको विहेको समाचार आइरहेको बेला अर्का चर्चित दुई कलाकारको पनि विवाह हुने खुलासा भएको छ । shreekrishna and sweta‘कहां भेटिएला’ जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता   खडकाको विहे हुने पक्का भएको हो । बिवाह कहां कहिले गर्ने भन्ने बारे नखुलाइए पनि बिहे चाहि पक्का भैसकेको नायक श्रीकृष्णले बताए ।  यी जोडी फिल्म ‘कहां भेटिएला’बाट नजिकिएका हुन । त्यसलगतै ‘श्रीमान श्रीमति’ मा संगै देखिएको श्रीकृष्ण र स्वेताको फिल्म ‘कोहिनुर’ रिलिजको तयारीमा छ ।
उता  लामो समयदेखि अभिनयमा सक्रिय अनुप बराल र दिया मास्केको त विहेको मिति पक्का भैसकेको छ । यी जोडीले आउदो असार २३ गते लगनगाठो कस्ने छन । काठमण्डौमा दुई परिवारका सदस्यहरुको उपस्थितिमा साधारण र फरक तरिकाले विवाह हुने बताइएको छ । उनीहरुको विवाहको रिसेप्सन पार्टी भने असार २५ गते आयोजना गरिएको छ । रंगमञ्च देखि नै साथ रहेको अनुप र दिया पछिल्लोपटक फिल्म ‘फिटकिरी’मा संगै देखिएका थिए । anup baral and diya maskey

Namaste Filmy

Read Previous

‘गंगनम स्टाइल’ले रच्यो इतिहास । युटुबमा सबैभन्दा धेरै हेरियो ।

Read Next

‘१२ नेपाली एक चिहान’का निर्देशक अरुण प्रधानले संचारन्त्री मीनेन्द्र रिजाललाई ज्ञापनपत्र बुजाए