‘१२ नेपाली एक चिहान’का निर्देशक अरुण प्रधानले संचारन्त्री मीनेन्द्र रिजाललाई ज्ञापनपत्र बुजाए

२०६१ भदौ १५ मा इराकमा आतंकवादीले अपहरण गरि हत्या गरिएको १२ नेपाली बिषयमा निर्माण गरिएको चलचित्र ‘१२ नेपाली एक चिहान’ प्रदर्शनमा सरकारले रोक लगाएको बिषयलाए लिएर आइतबार निर्माता संघको पहलमा निर्देशक अरुण प्रधानले संचारन्त्री मीनेन्द्र रिजाललाई ज्ञापनपत्र बुजाएका छन् ।
12 nepali ek chyahan
ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले ‘फिल्म हेरेर उचित निर्णय लिन’ नवनियुक्त सेन्सर बोर्ड अध्यक्ष कविराज खनाललाई निर्देशन दिएका छन् । संचारमन्त्री मीनेन्द्र रिजालले निर्माता र पीडित परिवार दुबैलाई ख्याल राखेर फिल्म एकपटक हेर्ने बताएका छन् ।उनले सो ज्ञापनपत्र तोक लगाउदै फिल्म हेरेर मृतकक परिवारसँग पनि छलफल गर्ने भएका छन् । आज चलचित्रका निर्देशक अरुण प्रधानलेआदेश खारेजी, लगानी र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणजस्ता माग गर्दै ज्ञापन बुझाइएको थियो ।
12 nepali ek chyahan2
यस अघि संचार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्र लेख्दै सेन्सरका लागि सिफारिस नगर्न ठाडो आदेश दिएको थियो ।अहिले पनि इराकमा आतंकवादीले अपहरण गरि हत्या गरिएको १२ नेपालीको बिषयमा अमेरिकाको एक अदालतमा क्षतिपूर्तिको मागसहित दायर गरिएको मुद्दाको सुनुवाइ विचाराधिन भैररहेको हुनाले चलचित्र रिलिज गर्दा उक्त मुद्दा प्रभावित हुनसक्ने भन्दै यसको छिनोफानो नभएसम्म रिलिज र सेन्सर रोक्न माग गर्दै पीडितले निवेदन दिएको आधारमा नै चलचित्र ‘१२ नेपाली एक चिहान’ प्रदर्शनमा सरकारले रोक लगाएको हो । निर्माता संघले पनि चाँडो फिल्मलाई जति सक्दो चाडो फुकुवा गर्न मन्त्री रिजाललाई आग्रह गरेको छ ।
12 nepali ek chyahan 3
चलचित्र ‘१२ नेपाली एक चिहान’ राजन खतिवडा, जतिन ताम्राकार, रविन्द्र झा, विक्रम सिंह, उत्तम जंग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ति आदि कलाकारको अभिनय रहेको छ भने चलचित्र यस अघि नै हङकङमा प्रिमियर भैसकेको छ ।अरुण कुमार प्रधानको निर्माण तथा निर्देशन रहेको चलचित्र चलचित्र ‘१२ नेपाली एक चिहान’ प्रदर्शनको तयारीमा रहेको बेला सरकारले चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।

Namaste Filmy

Read Previous

श्रीकृष्ण र स्वेताको बिहे पक्का । अनुप र दियाको मिति तय ।

Read Next

'जंगे'ले रंगायो दरबार हाइ स्कुल । फोटो फिचर ।