को राम्री ? चितवनका नर्सहरुबीच सुन्दरी प्रतियोगिता हुने

पछिल्लो समय स्थानिय स्तरमा पनि विभिन्न फेशन शो तथा सुन्दरी प्रतियोगिताहरु आयोजना हुने क्रम बढेको छ । यसैवीच चितवनमा स्वास्थ्य क्षेत्रमा सुनौलो भविष्य निर्माण गर्नको लागी स्टाफ नर्स अध्ययन गरिरहेका सुन्दरीहरुका बिच मिस नर्स चितवन हुने भएको छ ।  स्ट्रिङग मिडिया काठमाण्डौको आयोजनामा आगामी मार्चमा सम्पन्न हुने कार्यक्रमको बारेमा मंगलबार एक पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
1609995_271275423029853_1917674555_n
पत्रकार भेटघाटको क्रममा बोल्दै स्ट्रिङग मिडियाका निर्देशक सिरश पुडासैनीले चितवन स्वास्थ्यको लागी उर्वर भुमि र यहां नर्सिङ अध्ययन गर्नेहरुको जमात नै भएकोले आफुहरुले यो कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो । कुनै पनि स्थानबाट आएर चितवनमा नर्सिङ अध्ययन गरिरहेका अविबाहित युवतीहरुले मिस नर्स चितवनको लागी आवेदन दिन सकिने उहाले बताउनुभयो । कार्यक्रममा रवि अधिकारीले कार्यक्रमलाई सभ्य र भव्य बनाउने र जसको लागी सम्पुर्ण सञ्चारमाध्यमले सहयोग गर्नुपर्ने बताउनुभयो  । त्यस्तै आयेजक मध्येकै सागर न्यौपानेले कार्यक्रममा युवतीहरुको उत्साहजनक सहभागीता रहने र अन्य पैतियोगिताभन्दा फरक बनाउने प्रयासमा आफुहरु लागीरहने बताउनुभयो । मिस नर्स चितवनको लागी आवेदन फारम खुल्ला भैसकेको र अगामी २९ फेब्रुवरी सम्म भर्ना सकिनेछ । कार्यक्रमका विजेताले रु ५५००० नगद संगै ६ वटा म्युजिक भिडियोहरुमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन । त्यस्तै फस्ट रनरअपले २५००० र ४ वटा म्युजिक भिडियो र सेकेन्ड रनरअपले १५००० नगद र २ वटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन । त्यस्तै उत्कृष्ट दश प्रतिस्पर्धीले पनि एक एक वटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन । कार्यक्रम एनटिभी प्लस र स्थानीय अभास टेलिभिजनबाट प्रत्यक्ष हेर्न सकिनेछ । स्मरण रहोस यसअघि चितवनमा मिस चितवन २०७०, मिस डिभा चितवन २०७० लगायतका कार्यक्रमहरु सम्पन्न भइसकेका छन ।

Namaste Filmy

Read Previous

ओस्कार विजेता फिलीप हाफमैनको निधन

Read Next

नीर शाहद्धारा 'सेतो बाघ' निर्देशन घोषणा